नाट्य भाषामा ‘समर लभ’को पुनर्पठन

दुई घण्टा प्लसको नाटक हेरेपछि आफूले पढेको कथाजस्तै लागेन । आफूले थाहा पाएको सिन हेरेको जस्तै लागेन । यस्तो लाग्यो कि म कुनै फरक कथा हेर्दै छु । कुनै कथा पहिलोपटक हेर्दै छु । यसरी एकै कथा र एकै नामका चरित्र भएता पनि यो रोमाञ्चकता र आकर्षण आउनुको श्रेय जान्छ नाट्य रुपान्तरणलाई ।