काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही निर्मल पुर्जाको सम्मान र स्मृतिमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हिमाल आरोहणमा ज्यान गुमाएका पुर्जाप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई पुर्जाले पुर्याएको योगदानको स्मरणसमेत गरेका छन् । प्रतिनिधिसभा निर्वाचनको नतिजा आएलगत्तै पुर्जा राष्ट्रिय आविष्कार केन्द्रमै पुगेर बधाई […]