नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान सडकबाट नालामा पल्टिएको थियो । मृतकको सनाखत हुन सकेको छैन । बसमा चालक सहित १८ जना सवार […]