काठमाडौं– नेपाल मतदाता अधिकार मञ्चले अब गठन हुने सरकारले संविधानमा व्यवस्था भएअनुसार समावेशी र समानुपातिकको पाटोलाई व्यावहारिक रूपमै कार्यान्वयनका लागि पहल गर्न सुझाव दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त परिणामले नेपाली समाजको विविधता र समावेशी सिद्धान्तलाई व्यावहारिक रूपमा आत्मसात् गर्न नसकेकाले सरकारले त्यस पक्षलाई विचार पुर्याइ आगामी कदम चाल्न मञ्चले आग्रह गरेको हो । […]