बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर चिनिने पिपीआर रोगको सङ्क्रमण पुष्टि भएको छ ।  पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणअनुसार कैलालीको धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट सङ्कलित नमुनाको नतिजा ‘पोजेटिभ’ आएको हो । प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार व्यावसायिक फार्म र स्थानीय किसानले पालेका बाख्रामा […]