काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा देखाइएजस्तो कुनै पनि विशेष पुस्तक वा सामग्रीलाई लक्षित गरी नष्ट नगरिएको उल्लेख गरिएको हो । ‘हाल सामाजिक सञ्जालमा हाम्रो संस्थासँग सम्बन्धित भनी केही तस्बिर तथा सूचनाहरू प्रशारित भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, […]