काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन् । मन्त्रालयको सेवा प्रवाह, कार्यसम्पादन र प्रशासनिक गतिविधिलाई प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले मन्त्री श्रेष्ठले विभिन्न महाशाखा र शाखामा पुगेर त्यहाँ भइरहेका कामकारबाही तथा कार्यप्रगतिको अवस्थाबारे जानकारी लिएका हुन् । अनुगमनका क्रममा उनले सबै शाखाका […]