नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ः३० बजे पत्रकार सम्मेलनमार्फत अभियान उद्घाटन गरिनेछ । कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । गत असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक […]