निजी परियोजनाबाट प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीले उपहार लिएको आरोप सार्वजनिक भएपछि लगानी बोर्डको कार्यालयले त्यसको खण्डन गरेको छ। बोर्डले शुक्रबार प्रेस नोट जारी गर्दै आफ्नो अनुमति र जानकारीबिनै परियोजनाका प्रतिनिधिले कार्यालयमा मिठाइ तथा बिस्कुटका टोकरी ल्याएको र त्यसलाई कर्मचारीले उपहार स्वीकार गरेको रूपमा प्रचार गरिएको दाबी गरेको हो। सहसचिव एवं प्रवक्ता भूपेन्द्र थापाद्वारा जारी […]