नारायणी पुल अचानक बन्द हुँदा हजारौँ यात्रु रोकिए (तस्बिरहरू)

काठमाडौं– नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौ यात्रु प्रभावित भएका छन् । बाढीले बगाएको क्रुजसिप पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुलमा आवागमन बन्द गरिएको छ । अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका हजारौँ सवारीसाधन र यात्रुहरू रोकिएका छन् । भरतपुरको नारायणगढतर्फ र नवलपुरको गैँडाकोटतर्फ यात्रु र पुल हेर्न आउनेको भिड छ । […]