विराटनगर– स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको सरोकार भएकाहरूले बताएका छन्। करार सेवामा रहनेको सेवा अवधि निश्चित नहुने तथा उनीहरूको कार्य स्थायित्व नहुने भएकाले स्थायी जनशक्ति नै सेवामा जवाफदेहिताको आधार हुने सरोकार भएकाहरूको मत छ। स्वास्थ्य कार्यक्रमहरूको कोशी प्रदेशस्तरीय एकीकृत समीक्षा कार्यक्रममा आज सरोकार भएकाहरूले हाल स्वास्थ्य सेवामा आवश्यक स्थायी जनशक्तिमध्ये करिब […]