काठमाडौँ। उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेको रिट खारेज गरिदिएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफूलाई गरेको निलम्बनविरुद्ध पाण्डेले दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो। उच्चका न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधबार पाण्डेको रिट खारेज गरिदिएसँगै उनी निलम्बनमै रहने भएका हुन्। पाण्डेलाई निलम्बन गरेपछि काठमाडौं […]