म्याग्दीमा लेकबाट बेँसी झर्न थाले घुम्ती गोठ, जोगिँदै छ पुर्ख्यौली पशुपालन

म्याग्दी । शरद् ऋतुको सुरुवातसँगै चिसो बढ्न थालेपछि म्याग्दीका पशुगोठ लेकाली बुकीबाट बेँसी झर्न थालेका छन् । बर्खायाममा हिमालको फेदीसम्म पुगेका गाईभैँसी तथा भेँडाबाख्राका गोठ अहिले गाउँनजिकका खर्कमा झार्न थालिएको हो । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको […]