उपचार तबमात्र सफल हुन्छ जब हामी चिकित्सक रोगीलाई समष्टिगतरुपमा बुझ्छौं —उसको शरीर, मन, भावना, जीवनशैली र सामाजिक परिस्थिति । त्यसैले आधुनिक विज्ञान होस् वा परम्परागत चिकित्सा—सबैले अब रोगको नाममा मात्र होइन, रोगीको विशेषतामा पनि ध्यान दिनुपर्छ । यही दृष्टिकोणले स्वास्थ्यलाई स्थायित्व, जीवनलाई सन्तुलन र मानिसलाई वास्तविक सुख दिन सक्छ ।