अमेरिकाको जर्जिया राज्यस्थित ‘सिक्स फ्ल्याग्स ओभर जर्जिया’थिम पार्कमा सोमबार दिउँसो एक भयानक दुर्घटना घटेको छ। पार्कको प्रसिद्ध ‘गोलियाथ’ नामक रोलर कोस्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ भने घटनामा अन्य केही यात्रु घाइते भएका छन्। दुर्घटनाको समयमा लाईनमा बसेकी प्रत्यक्षदर्शी सिसी नेल्सनका अनुसार जब रोलर कोस्टरको एउटा डिब्बा स्टेशनमा फर्कियो, त्यहाँका मानिसहरू आतङ्कित अवस्थामा थिए। […]