काठमाडौँ। लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा तेस्रो जित निकाल्दै अङ्कतालिकाको शीर्ष चार स्थानमा पुगेको छ। विराटनगर किंग्सलाई पाँच विकेटले हराउँदै लुम्बिनीले आज यो स्थान तय गरेको हो, अब बाँकी रहेको एक खेलमा जित निकालेमा लुम्बिनीको ‘प्लेअफ’को यात्रा सुनिश्चित हुनेछ। आजको जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा लुम्बिनीका खेलाडी सन्दीप जोराले भने, “महत्त्वपूर्ण तेस्रो जित हात […]