निजी अस्पतालहरूको १० प्रतिशत शैया निःशुल्क उपचार कार्यविधि एकपक्षीय भएको भन्दै 'अफिन'को विरोध

छलफलमा निजी अस्पतालहरूले आफ्नो १० प्रतिशत शैयामा विपन्न बिरामीको निःशुल्क उपचार व्यवस्थापन गर्नुपर्ने प्रस्तावसहितका प्रावधान अस्पष्ट र अव्यवहारिक रहेको बताएका थिए। उनीहरू निजी क्षेत्रले ठूलो लगानी, राज्यबाट न्यून सहयोग र अनुदानको अभावबीच देशका करिब ७० प्रतिशत नागरिकलाई सेवा दिइरहेको अवस्थामा यस्तो बाध्यात्मक व्यवस्था लगाउनु उचित नहुने बताएका छन।