भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। बिहीबार कम्पनीको १ करोड कित्ता आईपीओ सूचीकृत भएको हो। नेप्सेले कम्पनीलाई ९० रुपैयाँ ४ पैसादेखि २७० रुपैयाँ १२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारदेखि नियमित बजारमा कारोबार गर्न सकिनेछ।