अमेरिकामा भीषण हिमपातको चेतावनी: न्यू जर्सी र न्यूयोर्कमा ‘संकटकाल’ घोषणा, नेशनल गार्ड परिचालन

अमेरिकाको ठूलो हिस्सामा यस साताको अन्त्यमा भीषण हिमपात हुने पूर्वानुमानसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन थालेका छन्। मौसमविद्हरूका अनुसार यो हालसम्मकै ठूलो हिमपातमध्येको एक हुन सक्ने देखिएपछि न्यू जर्सी र न्यूयोर्कका गभर्नरहरूले राज्यहरूमा संकटकाल घोषणा गरेका छन्। न्यूयोर्क शहर, हडसन भ्याली र न्यू जर्सीका अधिकांश भागमा ८ देखि १२ इन्चसम्म हिउँ पर्ने प्रारम्भिक प्रक्षेपण गरिएको […]