काठमाडौं – हिट फिल्म ‘जारी’को सिक्वेल ‘जारी–२’को छायाङ्कन सुरु भएको छ । निर्देशक उपेन्द्र सुब्बाले सोमबारदेखि पाँचथरबाट फिल्मको छायाङ्कन सुरु गरेका हुन् । पाँचथरमा फिल्मको शुभमुहूर्त गरि निर्देशक सुब्बाले छायाङ्कन सुरु गरेका हुन् । उनका अनुसार यो फिल्मको पूरा छायाङ्कन पाँचथरका विभिन्न रमणीय स्थानमा हुने छ । ‘जारी’को छायाङ्कन पनि पाँचथरमा नै भएको थियो । […]