स्वस्तिक अस्पतालको व्यवस्थापन एचआईसी नेपालले सम्हाल्यो, प्राथमिक स्वास्थ्य सेवा र पुनर्स्थापनामा जोड

स्वस्तिक अस्पतालमा सामान्य चिकित्सा तथा विशेषज्ञ बहिरङ्ग (ओपीडी), आकस्मिक सेवा, भर्ना उपचार र शल्यक्रियाका साथै महिला स्वास्थ्य, बालरोग, हाडजोर्नी, आँखा तथा दन्त उपचार सेवा उपलब्ध छन्। अस्पतालले फिजियोथेरापी तथा पुनर्स्थापना, प्रयोगशाला परीक्षण, रेडियोलोजी तथा इमेजिङ, फार्मेसी र स्वास्थ्य जाँच प्याकेज पनि उपलब्ध गराउँदै आएको छ।