प्रधानमन्त्री शाह र रवि लामिछानेबीच पाँच घण्टा छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार सरकार सञ्चालन, आगामी निर्वाचन तथा संसदीय गतिविधिलगायतका विषयमा छलफल भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटवार्ता करिब पाँच घण्टा चलेको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए […]