पाकिस्तानद्वारा फतह-३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण

काठमाडौँ । पाकिस्तानले फतह-३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले बुधवार उक्त मिसाइलको सफल परीक्षण प्रक्षेपण गरेको जनाएको छ । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै परीक्षण सफल भएको जानकारी दिएको हो । आईएसपीआरका अनुसार फतह-३ मिसाइलमा अत्याधुनिक नेभिगेसन र प्रोपल्सन प्रणाली जडान गरिएको छ […]