काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गर्न विराटनगर किंग्ससामु १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको हो। लुम्बिनीका शटले सर्वाधिक ४५ रन बनाए। ४१ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। […]