काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।