इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित

उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी छन्। आइतबार राति सम्पन्न मतगणनाअनुसार भण्डारीले निकटतम् प्रतिद्वन्द्वी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै नेतृत्व हात पारेकी हुन्। निर्वाचन समितिका संयोजक टङ्क दुलालका अनुसार भण्डारीले ७५८ मत प्राप्त गरिन् भने काफ्लेले ७४३ मत प्राप्त गरे। निर्वाचनमा कुल दुई हजार ३६९ मतदाता रहेकामा एक हजार ५४३ […]