काठमाडौँमा सिक्री लुटपाट गर्ने गिरोह पक्राउ, सुन र हतियार बरामद

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा महिलामाथि लक्षित गरी सिक्री लुटपाटमा संलग्न एक संगठित गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले निरन्तर निगरानी तथा अनुसन्धानपछि उक्त गिरोहलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिकाका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ र २१ वर्षीय सुजन तामाङ रहेका छन्। […]