गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा परम्परागत कार्यशैली परिवर्तन गर्दै पूर्वतयारीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बिहीबार आयोजित विशेष बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारीसँग छलफल गर्दै उनले विपद् आएपछि मात्रै उद्धारमा केन्द्रित हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन्। बैठकमा गृहमन्त्री गुरुङले विगतको अभ्यासप्रति असन्तुष्टि […]