नयाँदिल्ली– प्लेअफबाट बाहिरिइसकेको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ६५औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ४२ रनले पराजित गरेको छ। लखनऊको इकाना स्टेडियममा आरसीबीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २३१ रन बनायो । जवाफी पारीमा बेंगलुरुको टोली १९.५ ओभरमा १८९ रनमा अलआउट भयो। […]