पूर्वमुख्यमन्त्रीहरूलाई ‘चोरबाटो’बाट सरकारी सुविधा

मधेस प्रदेशमा पूर्वमुख्यमन्त्रीहरूलाई सुविधा दिन २०८० सालमा कार्यविधि बनाइयो। गृह, सञ्चार तथा कानुन मन्त्रालयले जारी गरेको ‘मधेस प्रदेशको पूर्वमुख्यमन्त्रीको सुविधासम्बन्धी कार्यविधि, २०८०’ मा प्रदेशका पूर्वमुख्यमन्त्रीहरूका लागि सवारी तथा इन्धन सुविधा, निजी सचिवालय र अंगरक्षकको सुविधाको व्यवस्था गरिएको छ। कार्यविधिअनुसार सवारी तथा इन्धन सुविधाअन्तर्गत पूर्वमुख्यमन्त्रीले चालकसहितको एउटा गाडी, मासिक २५० लिटर इन्धन र हरेक तीन महिनामा […]