बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

निजगढ– बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा आज साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।  जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई युवक र एक पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]