खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार मृत्यु हुनेमा धुलिखेल नगरपालिका–९ ठूलीटारका ५७ वर्षीय हीरालाल रहेका छन् ।