विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन्। ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिका–नेपाल साझेदारीको मजबुती’ विषयक उक्त संवाद कार्यक्रममा अर्थमन्त्री खनालले नेपालको आर्थिक अवस्था, नीतिगत सुधार र लगानी वातावरणका बारेमा विस्तृत जानकारी दिएका थिए। […]