कार्यकर्ता जोगाउन र आफू जोगिन भइरहेको वाम एकता

१९ कात्तिकमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १० वटा वाम घटकले एकता गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को गठनको घोषणा गरे। त्यसको एक सातापछि एमालेबाट अलग बसेका पूर्व उपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानले पनि नेकपासँग एकता गर्‍यो। एकीकृत समाजवादीको एउटा समूह भने माओवादी केन्द्रसँगको एकता प्रक्रियामा संलग्न नहुने भन्दै बाहिरिएको छ। पार्टी महासचिव घनश्याम […]