बूढीगण्डकी नदीमा बाढीकाे वितण्डा, चुमनुब्रीका ३५ घर बगे

गोरखाको चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदीमा आएको बाढीले ३५ घर बगाएको छ । बाढीले पैयू र बगर गाउँका घर बगाउनुका साथै विभिन्न बस्तीमा व्यापक क्षति पुर्‍याएको छ ।