अमेरिकी सवारी उत्पादक फोर्डलाई चीनसँग डर, प्रविधिको भर, दोहोरो रणनीतिले ट्रम्प प्रशासनमै विवाद

अमेरिकी सवारी उत्पादक फोर्ड र राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनबीच चिनियाँ कम्पनीसँगको व्यावसायिक सम्बन्धलाई लिएर लामो समयदेखि रहेको तनाव खुला विवादमा परिणत भएको छ। विवादले चीनको बढ्दो अटोमोबाइल प्रभुत्वसँग प्रतिस्पर्धा गर्न अमेरिकी कम्पनीले चिनियाँ प्रविधि प्रयोग गर्ने कि त्यसबाट दूरी बनाउने भन्ने नीतिगत द्वन्द्वसमेत सतहमा ल्याएको छ। फोर्डको तर्क छ, विश्वव्यापी प्रतिस्पर्धामा टिकिरहन उसलाई चिनियाँ प्रविधि […]