काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ। आपत्कालीन अवस्थामा सञ्चार सञ्जाल अवरुद्ध हुँदासमेत सम्पर्कविच्छेद नहोस् भन्ने उद्देश्यले कम्पनीले युटेलस्याटको ‘लो अर्थ अर्बिट’ (LEO) स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा सुरु गरेको हो। उद्धार, राहत र पुनर्स्थापना कार्यमा संलग्न सरकारी […]