काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको आगामी महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहको आसन्न विदेश भ्रमणलाई औपचारिकतामा मात्र सीमित नगरी देशका महत्वपूर्ण मुद्दा प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताएका हुन्। […]