‘नाडा अटो शो २०२६’ सुरु, अटो क्षेत्रका लागि स्थिर र लगानीमैत्री नीति बनाउन जोड

नाडाको स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अटो शोको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका छन्। कार्यक्रम उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए। उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्दै […]