लघुवित्त पीडित र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित

काठमाडौँ। सरकारद्वारा गठित वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपालबीच लघुवित्तसँग सम्बन्धित समस्या समाधानका लागि सात बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयको सुवर्णहलमा बुधबार भएको वार्तामा लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीसँग सम्बन्धित समस्या अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको हो। अर्थमन्त्रीस्तरको निर्णयअनुसार गठित सरकारी […]