चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरोको जोखिमलाई मध्यनजर गर्दै उपकरण अपरेटरसहित तयारी अवस्थामा राखेको जनाएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षात्का बेला पहिरो खस्ने […]