साउदी अरब सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ। पवित्र रमजान महिनाको अवसर पारेर साउदी सरकारले ती नेपाली कैदीबन्दीहरूलाई आममाफी प्रदान गरेको हो। साउदी सरकारको यस सकारात्मक कदमको नेपाल सरकारले उच्च प्रशंसा गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार यस उदार कदमलाई नेपाल र साउदी अरबबीचको दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा मूल्याङ्कन […]