काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टीले ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएको हो । केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।