मेरो स्कुले जीवनमा प्रायः मैले मेरा दिदी र दाजुहरूकै पुराना पाठ्यपुस्तकहरू पढेर हुर्किएको मान्छे हुँ। नयाँ पाठ्यपुस्तक सायद मैले कक्षा ४ मा पढ्ने बेलामा मात्रै सरकारले निःशुल्क उपलब्ध गराएको थियो। पुस्तक प्राप्त गरेपछिको पहिलो काम भनेको दिदी-दाजुबाट सुनेका पाठ्यपुस्तकका कथाहरू दोहोर्याइ तेहेराइ पढ्ने र कविताहरू लय हालेर गाउने हुन्थ्यो।