घरमा रैथाने वा आप्रवासी पक्षीहरूले गुँड लगाउनुलाई ‘शुभ–संकेत’ मानिन्छ। पक्षीहरूले आफ्नो घरमा आश्रय लेऊन् भन्ने पवित्र भावनाले नै हुनुपर्छ, पहिला पहिला मानिसहरूले आफ्ना घरमा मटान बनाउँथे। त्यस्ता मटानमा पक्षीहरूले गुँड लगाउँथे, अन्डा कोरल्थे र बच्चा जन्माउँथे। रैथानेहरू यतैतिर बस्थे, आप्रवासी भने ‘पखेटा’ फिँजाउँथे र आफ्ना बचेराहरूलाई लिएर हामीले भन्ने देश–देशान्तरतिर हान्निन्थे। प्रातकालीन परिवेशले उपस्थिति जनाउनुअघि […]