मिदास हेल्थ सर्भिसेजद्वारा माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित एचएमआइएस सार्वजनिक

परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण गरेको हो। कम्पनीका अनुसार नेपालमा स्वास्थ्य संस्थाहरूलाई यस्तो उन्नत प्रविधिमा आधारित एचएमआइएस उपलब्ध गराउने मिदास पहिलो तथा एकमात्र कम्पनी हो। यस प्रविधिले अस्पतालका विभिन्न विभागका प्रणालीलाई छुट्टाछुट्टै, तर आपसमा समन्वय गरेर सञ्चालन गर्न सकिने बनाउँछ।