आफूलाई बुढो मान्न मन मान्दै मान्दैन!

अझ काठमाडौँ बस्ने कतिले त बेलुका खाना खाइसकेपछि बाउ/आमाको उमेरका मान्छेले भेटे पनि– ‘चिया खानुभो दाइ/दिदी?’ भन्ने गर्छन्। त्यो बानी मलाई उधुम मन पनि पर्छ। पहिलो बोल्ने/चासो राख्ने बानी भयो अनि आफू भर्खरकै छु भन्ने भ्रम पाल्ने बहाना पनि मिल्यो।