काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा

काठमाडौं । काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा जित निकाल्दै चितवनले पहिलोपटक क्वालिफायरमा स्थान बनाएको हो। चितवनले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो। […]