दर्जन व्यवसायमा सक्रिय जमशेर मियाँको अब कांग्रेस केन्द्रमा नजर, मुस्लिम कोटाबाट सदस्यमा दाबी

विद्यार्थी राजनीतिसँगै उद्योग तथा व्यवसायमा सक्रिय जमशेर अलिमियाँ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम समुदायको कोटाबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। आधा दर्जनभन्दा बढी व्यवसायमा संलग्न उनले उद्योग सञ्चालन, रोजगारी सिर्जना र व्यावसायिक संगठनमा हासिल गरेको अनुभवलाई पार्टीको केन्द्रीय नीति निर्माणमा उपयोग गर्ने इच्छा व्यक्त गरेका छन्। कपिलवस्तु क्षेत्र नम्बर ३ का महासमिति सदस्य […]