अर्थमन्त्रीसमक्ष गभर्नर पौडेलले बुझाए वार्षिक प्रतिवेदन

काठमाडौँ। गभर्नर विश्वनाथ पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन्। अर्थ मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गभर्नर पौडेलले वार्षिक प्रतिवेदन पेस गरेका हुन्। गभर्नर पौडेलले प्रतिवेदनमा आव ०८१/८२ को आर्थिक स्थिति, राष्ट्र बैंकले सम्पादन गरेका कार्य र आगामी आवका लागि मौद्रिक तथा वित्तीय नीतिहरूको दिशाबारे विस्तृत जानकारी समावेश गरिएको बताए। […]